सिलगढीमा बिहेको प्रलोभन देखाएर प्रेमिकासित दुष्कर्म गरेको आरोपमा प्रेमी पक्राउ

सिलगढी : बिहेको प्रलोभन देखाएर प्रेमिकासित दुष्कर्म गरेको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सुरज मालपहारियाको रूपमा चिन्हित गरिएको छ। उक्त घटना सिलगढी प्रधान नगर थाना अन्तर्गत मोहर गाउँ चियाकमानमा घटेको हो। प्राप्त जानकारी अनुसार  आरोपी सुरजसित उक्त गाउँ निवासी एउटी 34 वर्षीय महिलासित लगभग 7 वर्षसम्म प्रेम सम्बन्ध रहेको थियो। यस अवधि सुरजले प्रेमिकालाई बिहेको प्रलोभन देखाएर धेरैपल्ट शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। सुरजले अन्य केटीसित बिहे गर्नेबारे प्रेमिकाले थाहा पाएपछि गत 5 जुलाईको दिन तिनले सिलगढी महिला थानामा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा पुलिसले गत राति सुरजलाई घरबाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *