सिलगढीमा बर्ड फोटोग्राफी प्रदर्शनी अनि प्रतियोगिताको आयोजना

सिलगढी : नर्थ बङ्गाल बर्ड फेस्टिभल समितिको तर्फबाट 6 दिने बर्ड फोटोग्राफी प्रदर्शनी अनि प्रतियोगिताको विभिन्न कार्यक्रमको साथमा आयोजना गरियो। सिलगढीको मतिगढास्थित सिटी सेन्टर सिलगढीमा आयोजित उक्त कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि पर्यटन विभागका निर्देशक ज्योति बोस उपस्थिति रहेका थिए। यस अवसरमा तिनले भारतमा पाइने 1200 प्रजातिका चरामध्ये 900 भन्दा अधिक प्रजातिहरूको चरा चरूङ्गीहरू पश्चिम बंगालमा मात्र पाइने बारे अवगत गराए। यस चरा महोत्सवको अवसरमा देवप्रतुम ब्यानर्जीको अगुवाईमा कालेबुङको लाभा, लोलेगाउँ अनि गोरुमारा क्षेत्रमा चरा संरक्षण हेतु फोटोग्राफी गरियो। यस कार्यक्रम अन्तर्गत प्रदर्शनीमा 60 वटा विभिन्न प्रजातिका चराहरूको सुन्दर फोटोग्राफीको प्रदर्शनी तथा खुल्ला  प्रतियोगिता राखिएको थियो।


उत्तर बङ्गालका चराचुरुङ्गी गन्तव्यका स्थानीय पर्यटन सरोकारवालाहरुको सर्वेक्षण र सचेतनाका लागि बर्डिङ जर्नी 6 दिनसम्म लगातार गरियो। समापन कार्यक्रममा स्थानीय कलाकारहरुले गीत तथा नृत्यहरू प्रस्तुत गर्नको साथै नेपालबाट आएका चर्चित फोटोग्राफर देबेन्द्र खरेल अनि मङपुका फोटोग्राफर केशर तामाङ लगायत अन्य फोटोग्राफरहरुलाई आयोजक समितिको तर्फबाट फुलको गुच्छा प्रदान गरेर सम्मान जनाइयो। समारोहका प्रमुख अतिथि नर्थ बङ्गालका पर्यटन निर्देशक ज्योति बोसले पर्यटन विभाग पश्चिम बङ्गाल सरकार अनि एचएचटीडीएन-को संयुक्त आयोजनामा आगामी 25 मार्च कालेबुङको मेला ग्राउण्ड, 26 मार्च दार्जिलिङको चौरास्ता अनि 27 मार्च जलपाइगढी जिल्लाको गजलडोबामा पर्यटन महोत्सव पालन गरिने जानकारी दिएका छन्। यसैगरी, आगामी वर्ष 2023 मा चरा महोत्सव 3 मार्चदेखि 9 मार्चसम्म आयोजना गरिने पनि प्रस्ताव पारित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *