सिलगढीमा ब्राउन शुगर सहित आमा-बाबु र छोरी पक्राउ

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर ब्राउन शुगर सहित 3 जनालाई पक्राउ गरेको छ। जसमा लोग्ने-स्वास्नी र छोरी सामेल छन्। पक्रा परेकाहरू मतिगढा अन्तर्गत विश्वास कोलनी निवासी एमडी हकिमुद्दीन (50),  खतेजा नेशा उर्फ कमिजा (45) र नजारा बेगम (20) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार नजारा बेगमको डेढ वर्षको छोरी छन्, जसलाई मोहरा बनाएर तिनीहरू ब्राउन शुगर तस्करी गर्न पुगेका थिए। एसओजी र मतिगढा थाना पुलिसले मतिगढा थाना अन्तर्गत 47 नम्बर वार्डको चाँदमुनि हस्पिटल लाइन नजिक संयुक्त अभियान चलाएर आमा-छोरीको ब्यागबाट ब्राउन शुगर उद्धार गरेको बताइएको छ। चोपड़ाबाट ल्याएको उक्त ब्राउन शुगर सिलगढीमा तस्करी गर्ने तिनीहरूको योजना रहेको थियो। स्मरण रहोस्, एमडी हकिमुद्दीन र खतेजा नेशालाई मादक तस्करी गरेको आरोपमा पहिला पनि धेरैपल्ट पक्राउ गरिसकेको थियो। पक्रा परेका 3 जनालाई भोलि शुक्रबार सिलगढी अदालतमा पेश गरिनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/