सिलगढी, 13 मार्च (निसं): ब्राउन सुगर बिक्री गर्न आएको समय एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम मोहम्मद इम्तियाज हो। उनी अशरफ नगर क्षेत्रका निवासी हुन्। पुलिसले आरोपीबाट 300 ग्राम ब्राउन सुगर उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य लगभग 10 लाख रुपियाँ रहेको छ।
जानकारी अनुसार, बुधवार राति मोहम्मद इम्तियाज स्कूल ब्यागमा 300 ग्राम ब्राउन सुगर लिएर एनजेपी संलग्न दक्षिण कोलोनी क्षेत्रमा कुनै ग्राहकको पर्खाइमा थिए। सूचना प्राप्त भएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर युवकलाई ब्राउन सुगरसहित रंगे हात पक्राउ गरेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।