सिलगढीमा व्यवसायीको अफिसबाट लाखौँ रुपियाँको चोरी

सिलगढी: सिलगढीमा चोरले एकजना व्यवसायीको अफिसको खिड्कीको रड काटेर मात्र 10-12 इञ्चको ग्यापमा अफिसभित्र पसेर सीसीटीभी क्यामारा भत्काएर लाखौँ रुपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। उक्त घटनाले सिलगढीको वार्ड नम्बर 5-को गंगानगर इलाकामा सनसनी मच्चियो। गत राति लगभग 1 बजेर 50 मिनटमा चोरले व्यवसायी धनञ्जय तिवारीको अफिसमा पसेर चोरी गरेको बताइएको छ। अफिस नजिकै तिनको घर छ। चोरले तिनको गेटमा सेलोटेप लगाउनको साथै त्यहाँ जडान गरेको केही सीसीटीभी क्यामारा विपरीत दिशामा घुमाइदिएको बताइएको छ। व्यवसायी धनञ्जय तिवारीले आज बिहान घटनाबारे थाहा पाए। चोरले अफिसबाट लगभग डेढ लाख रुपियाँ चोरी गरेको तिनको आरोप रहेको छ। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet