सिलगढीमा चक्कू देखाएर युवकको मोबाइल छिनताई

सिलगढी:  भक्तिनगर थाना अन्तर्गत डनबस्को मोड संलग्न इलाकामा आज एकजना युवकलाई घाँटीमा चक्कू राखेर मोबाइल खोसेर लगेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि इलाकामा आतङ्कको माहौल छाएको छ।  प्राप्त जानकारीअनुसार बालुरघाट निवासी अलोक शील सिलगढीको ईस्टर्न बाइपासको एउटा दोकानमा काम गर्ने गरेकोले गत 8 वर्षदेखि तिनी सिलगढीमै बस्दै आइरहेका छन्। गत आइतबार राति कामबाट घर फर्किरहेको समय स्कुटीमा सवार दुईजना युवकले अलोकको बाटो छेकेर तिनको घाँटीमा चक्कू राखेर मोबाइल खोसेपछि चम्पट कसेको बताइएको छ। घटनापछि अलोकले भक्तिनगर थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *