सिलगढीमा चौथो रोजगार मेलाको आयोजना, युवक-युवतीहरूलाई नियुक्ति पत्र प्रदान 

सिलगढी : युवाहरू देशको भविष्य हो। यसैलाई ध्यानमा राखेर केन्द्रको पहलमा वर्ष 2022 –देखि रोजगार मेलाप्रारम्भ शुरू गरिएको थियो। केन्द्रको विभिन्न विभागहरूमा सोझै नोकरी पाउनको लागि यो मेलाको आयोजना गरिएको हो। देशको विभिन्न राज्यहरूमा झैँ सिलगढीको एनजेपी भीआईपी गेस्ट हाउसमा पनि आज रोजगार मेलाको आयोजना गरियो। केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिक, सांसद जयन्त राय लगायत भाजपाका अन्य विधायकहरूको उपस्थितिमा आज 256 जना युवक-युवतीहरूलाई नोकरीको नियुक्ति पत्र  प्रदान गरियो। यस अवसरमा निशिथ प्रामाणिकले भने, राज्यमा सरकारी र गैर सरकारी क्षेत्रमा हाल रोजगार छैन। राज्यमा उद्योग धन्धा चौपट भइसकेको छ। राज्यमा चोरी-लुटपाट बढेर गएको छ। राज्य सरकारले बेरोजगार युवाहरूको हितमा रोजगारको माध्यमद्वारा युवाहरूलाई स्वलम्बी बनाउनको लागि केन्द्रले जस्तै पहल गर्नुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *