सिलगढीमा चोरी गरेको स्कुटी सहित 3 जना पक्राउ

सिलगढी (निसं): भक्ति नगर थाना पुलिसले 12 घण्टाको अवधिमै चोरी गरेको स्कुटी सहित 3 जना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा राज बर्मन, रोनी छेत्री र मानव राय सामेल छन्। प्राप्त जानकारी अनुसार गत बुधवार सिलगढीको 40 नम्बर वार्डको हैदरपाडा इलाकाबाट एउटा स्कुटी चोरी भएको थियो। यसपछि स्कुटीको मालिकले भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 12 घण्टाको अवधिमै चोरी भएको स्कुटी सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेका बदमासहरूलाई सोधखोज गरेपछि पुलिसले चोरी गरेको स्कुटी पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *