सिलगढीमा चोरी गरेको समान सहित 2 जना पक्राउ

सिलगढी (निसं): मतिगढा थाना पुलिसले 4 दिनको अवधिमै चोरी गरेको समान सहित 2 जना चोरलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अमल तामाङ र टिङ्कु छेत्री सामेल छन्। प्राप्त जानकारी अनुसार गत 23 नोभेम्बरको राति मतिगढा थाना अन्तर्गत सालबारीको डुकरियाजोत इलाकाको एउटा घरमा कोही सदस्य नभएको फाइदा उठाएर बदमाशहरूले 2 वटा ट्याब र केही समान चोरेर चम्पट कसेको बताइएको छ। घटनाको भोलिपल्ट घर मालिक फर्किआउँदा तिनले घरमा चोरी भएकोबारे थाहा पाएपछि मतिगढा थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले हिजो इन्डो नेपाल बर्डर पानीट्याङ्कीबाट अमल तामाङ र टिङ्कु छेत्रीलाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *