सिलगढीमा कम्पनीको ब्रान्ड स्टिकर लगाएर नकली समान बिक्री गरेको आरोपमा 6 जना हिरासतमा

सिलगढी : सिलगढीमा चर्चित कम्पनीको ब्रान्ड स्टिकर र नामको प्रयोग गरेर नकली समान बेचेको आरोपमा भक्ति नगर थाना पुलिसले 6 जना व्यक्तिलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको भक्ति नगर थाना अन्तर्गत 40 नम्बर वार्डको एक्टियासाल बजारस्थित एउटा घर भाडामा लिएर  केही व्यक्तिहरूले नकली समान बनाउने गर्दथे। तिनीहरूले प्रेसर कुकर, ओभन, चुल्हा, चिमनी जस्ता घरेलु समानहरूमा नाम चलेको कम्पनीको स्टिकर लगाउने गर्दथे। यसपछि सिलगढी तथा यसको छेउछाउको ठाउँमा ती समानहरू बिक्री गर्ने गर्दथे। मानिसहरूले नाम चलेको कम्पनीको स्टिकर देखेर ती समानहरू किन्ने गर्दथे। भक्ति नगर थाना पुलिसले यसबारे थाहा पाएपछि उक्त घरमा अभियान चलाएर यस गोरखधन्धाको पर्दाफाश गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिरासतमा लिएका 6 जना व्यक्तिमध्ये 2 जना बिहार निवासी, 3 जना उत्तरप्रदेश निवासी र 1 जना सिलगढी निवासी हुन्। पुलिसले अभियान अवधि घरबाट लाखौँ रुपियाँको नकली समान उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *