सिलगढी : सिलगढीको 15 नम्बर वार्डमा दादागिरी देखाउँदै 2 जना व्यक्तिलाई कुटपीट गरेको घटनामा पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 5 दिनको पुलिस हिरासतमा लिएको छ। घटनाक्रमअनुसार सिलगढीको 15 नम्बर वार्डमा बिक्रम दास र तिनका साथीहरूले दादागिरी देखाउँदै 2 जना व्यक्तिलाई कुटपीट गरेका थिए भने तिनीहरूलाई गम्भीट चोट लागेको थियो। उक्त घटनाले सिलगढीको 15 नम्बर वार्डमा सनसनी फैलिएको थियो। उक्त घटनापछि घाइते बाप्पी बनिकले कुटपीट गर्ने युवक बिक्रम दास र तिनका साथीहरूविरुद्ध पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विश्वरूप पाल नाम गरेको युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 5 दिनको पुलिस हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो सिलगढीको 15 नम्बर वार्डमा कुटपीटको घटनामा एकजना आरोपीलाई पक्राउ गरेको छ भने घटनाको मुख्य आरोपी बिक्रम दासको मोबाइल लोकेशनको सहयोगमा तिनको खोजी जारी रहेको छ।
