सिलगढीमा डकैती गर्न अगावै 3 जना बदमाश पक्राउ  

सिलगढी (निसं): सिलगढी प्रधान नगर थाना पुलिसले अभियान चलाएर डकैती गर्ने योजनालाई विफल पार्दै तीन जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको नाम अतीकूर रहमान,मुहम्मद सुलेमान हक र राजू राय हो। तिनीहरू सबैजना चम्पासरी संलग्न इलाका निवासी हुन्।


प्राप्त जानकारी अनुसार, गत राति लगभग 1 बजे दार्जीलिङ मोड संलग्न इलाकामा केही बदमाशहरू भेला भएको पुलिसलाई गोप्य सूचना प्राप्त भयो। यसपछि उक्त सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले घटनास्थलमा पुगेपछि अभियान चलाएर डकैतीको योजनालाई विफल पार्दै 3 जना बदमाशलाई पक्राउ गरेको छ।  तिनीहरूबाट पुलिसले धारिलो हतियार पनि उद्धार गरेको बताइएको छ।  पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO