सिलगढीमा डकैतीको योजना बनाइरहेका 3 जना कुख्यात बदमाश पक्राउ

सिलगढी, 20 सेप्टेम्बर (निसं): सिलगढीको बाबुपाडामा डकैती गर्नका लागि टिकियापाडा इलाकामा प्लानिङ चलिरहेको थियो। तर उक्त योजना पूरा हुन अगावै सिलगढी थाना पुलिसले सादा पोशाकमा विफल गर्दै डकैती गर्नका लागि भेला भएका बदमाश समुहका तीन जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा निकी दास,पवन कुमार सिंह र अजय बर्मन सामेल छन्।
पुलिस सूत्रले दिएको जानकारी अनुसार टिकियापाडा इलाकामा अबेर राति 10-12 जना युवकहरूको समुह बाबुपाडा इलाकामा डकैत गर्ने योजना बनाइ रहेका थिए। तर सिलगढी थाना पुलिसले गोप्य सूत्रको सहयोगमा बदमाशहरूको योजनालाई विफल पार्दै समुहका 3 जना बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको देखेपछि केही बदमाशहरू घटनास्थलबाट सुइँकुच्चा ठेकेको बताइएको छ।
पुलिसले पक्रा परेका तीनै आरोपीलाई डकैती गर्ने प्लान गरिरहेको आरोप लगाउँदै मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले भागेका बदमाशहरूको समुहका अन्य सदस्यहरूको पनि खोजी गरिरहेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom