सिलगढीमा डकैतीको योजना असफल, 4 जना डाका पक्राउ

सिलगढी, 7 अक्टोबर (निसं): डकैतीको घटनालाई अञ्जाम दिनु अगावै सिलगढी थाना पुलिसले डकैत गिरोहका 4 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विनोद साहनी, एमडी कमालुद्दीन, धिराज बर्मन र विराज बर्मन सामेल रहेका छन्।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, हिजो राति सिलगढीको टिकियापाडा क्षेत्रमा 10-12 जना बदमासको समूह भेला भएको थियो। यी सबै सिलगढी थाना क्षेत्रमा कुनै ठूलो आपराधिक घटनालाई अञ्जाम दिनको लागि योजना बनाउँदै थिए। तर गोप्य सूत्रबाट खबर प्राप्त भएपछि सिलगढी थाना पुलिसले डकैत गिरोहको योजना विफल बनायो। पुलिसले अभियान चलाउँदै गिरोहका 4 सदस्यलाई पक्राउ गरेको छ।
यद्यपि, पुलिस आउँदै गर्दा अन्य सदस्यहरू भाग्नमा सफल भए। आज पुलिसले 4 जना डाकालाई सिलगढी अदालतमा पेश गरेको छ। पुलिस जाँचमा जुट्नको साथै गिरोहका अन्य सदस्यहरूको खोजीमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobet girişjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom giriş