सिलगढीमा डे नाइट गोल्ड कप क्रिकेट टुर्नामेन्ट 24 दिसम्बरदेखि शुरू

सिलगढी (निसं): 21औ नेशनल डे नाइट गोल्ड कप क्रिकेट टुर्नामेन्ट आगामी 24 दिसम्बरदेखि सिलगढीको सूर्यनगर मैदानमा आयोजित गरिने भएको छ। आज सिलगढी जागरनी सङ्घका सदस्यहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन् । सिलगढी जागरनी सङ्घका महासचिव सैकत देले भने, सिलगढी जागरनी सङ्घको तर्फबाट गोल्ड कप क्रिकेट टुर्नामेन्ट तीन वर्ष पछि फेरि शुरू हुन गइरहेको छ। यो टुर्नामेन्ट 24 दिसम्बरदेखि 31 दिसम्बरसम्म खेलाइने छ। यस वर्ष प्रतियोगितामा मोठ 12 टीमले अंश ग्रहण गर्ने भएको छ। यसवाहेक, प्रत्येक दिनको खेलमा सर्वश्रेष्ठ खिलाडीलाई 500 रूपियाँ अनि फाइनल सर्वश्रेष्ठ खिलाड़ीलाई 2 हजार रूपियाँ प्रदान गरिने छ। मेयर गौतम देव प्रतियोगिताको मुख्य प्रायोजक रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *