सिलगढीमा देखापरिन् मालवाहक महिला ट्रक ड्राइभर योगिता

सिलगढी : महिलाहरू पनि पुरुष सरह कुनै पनि काममा पछि छैनन्। दृढ इच्छा शक्ति तथा प्रयास गरे कुनै पनि कार्य गर्न असम्भव नरहेको साथै नारीहरूले पनि समाजमा केही गर्न सक्छ भन्ने उदाहरण महिला ट्रक चालक योगिता रघुवंशीले पेश गरेकी छन्। 51 वर्षीय योगिता रघुवंशी भोपाल निवासी हुन्। लोग्नेको मृत्युपछि तिनले गत 18 वर्ष अघिदेखि नै लगातार ट्रक चलाउँदै आइरहेकी छन्। तिनको परिवारमा दुईजना छोरा-छोरी, आमा-बाबा छन्। आफ्नो परिवारको खर्च धान्नको निम्ति तिनले ट्रक लिएर देशका विभिन्न राज्यहरूको यात्रा गरिसकेकी छन्। यसै क्रममा आज दिउँसो सिलगढी सहरमा प्रथम महिला ट्रक चालकलाई देखेपछि तिनलाई हेर्न मानिसहरूको भीड लाग्यो। यस अवसरमा महिला ट्रक चालक योगिताले बताएअनुसार तिनी मध्यप्रदेशदेखि मालवाहक ट्रक चलाएर आज सिलगढी आइपुगेकी हुन्। आफ्नो लोग्नेको मृत्यु भएपछि परिवार चलाउनको निम्ति आफूले ट्रक चालकको पेशा अप्नाएको तिनले बताइन्। लोग्नेको मृत्यु भएपछि परिवार चलाउनको लागि अन्य कतिपय विकल्प रहे तापनि आफूलाई भने यहीँ ट्रक चालकको पेशा मन पर्ने भएकोले गर्दा नै यस पेशालाई अप्नाएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *