सिलगढीमा देशी पिस्तोल सहित युवक पक्राउ

सिलगढी (निसं): सिलगढीमा देशी पिस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा बुधवार साँझ सिलगढी पुलिसले बागराकोर्ट बस स्ट्यान्ड संलग्न इलाकामा अभियान चलाएर एकजना संदिग्ध युवकलाई हिरासतमा लिएर सोधखोज गरे। यसपछि तिनलाई छानबिन गर्दा एक राउन्ड जिउँदो कार्तूस अनि देशी पिस्तोल उद्धार गरे। पक्रा परेका आरोपीको नाम राजकुमार पासवान (20) बताइएको छ। तिनी सिलगढीको टिकियापाडाको मातंगिनी कलोनी निवासी हुन्। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *