सिलगढीमा दिउँसै महिलाको गलाबाट सुनको चेन थुत्ने प्रयास

सिलगढी, 22 अक्टोबर: सिलगढीमा एकजना महिलाको गलामा लगाएको सुनको चेन थुत्ने प्रयास गरेको घटनाले व्यापक हडकम्प मच्चिएको छ। यो घटना सिलगढीको नगर निगमको 24 नम्बर वार्डको भारतनगर इलाकामा भएको हो।
प्राप्त जानकारी अनुसार, मंगलवार बिहान 24 नम्बर वार्ड निवासी एकजना बुजुर्ग महिला दिपाली ब्यानर्जी बजारबाट घर फर्किरहेकी थिइन्। घरको नजिक पुगेपछि दुईजना युवक बाइकमा सवार भएर आए अनि महिलाको गलाबाट सुनको चेन थुत्ने प्रयास गरे। यसपछि तिनीहरू इलाकाबाट चम्पट कसे। यद्धपि, बदमाशहरू चेन थुत्ने प्रयासमा सफल नभए तापनि यस प्रकारको घटनाले इलाकामा आतङ्कको माहौल देखा परेको छ।
महिलाले पुलिस थानामा लिखित अभियोग दर्ता नगरे तापनि मौखिक रूपमा तिनले घटनाको जानकारी दिएका छन्। दिउँसै यस प्रकारको घटनाले मानिसहरूको सुरक्षामा फेरि प्रश्न चिन्ह खडा भएको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş