सिलगढीमा धेरै मात्रामा देशी विदेशी रम-रक्सीहरू जफत

सिलगढी (निसं): सिलगढी प्रधान नगर थाना पुलिसले सादा पोशाकमा गत राति एउटा घरबाट धेरै मात्रामा देशी विदेशी रम-रक्सीहरू जफत गरेको छ। पुलिसले गोप्य सुइँको पाएर गैर कानूनी रूपमा अवैध रम-रक्सीको व्यवसाय चलाइरहेको थाहा पाएपछि अभियान चलाएर धेरै मात्रामा देशी-विदेशी रम रक्सी पक्राउ गरेको छ। तथापि, मालिकले चम्पट कसेकोले पुलिसले तिनको खोजी गरिरहेको छ।
प्राप्त जानकारी अनुसार प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा गत राति एक नम्बर वार्ड राजेन्द्र नगर इलाकामा अभियान चलायो। उक्त घरमा एकजना महिलाले अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गर्थे। छापामार अवधि पुलिसले लगभग 60 हजार रूपियाँको देशी -विदेशी रम रक्सी जफत गरेको बताइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO