सिलगढीमा धेरै मात्रामा कफ सिरप सहित 2 जना पक्राउ

सिलगढी (निसं): फर्सीको आडमा कफ सिरप तस्करी गर्ने प्रयासलाई एसटीएफ अनि एनजेपी थाना पुलिसले असफल पारिदिएको छ।  प्रतिबन्धित कफ सिरप सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ।  पक्रा पर्नेहरूको नाम रोहित पटेल र रमाकान्त कोल हो। दुवै मध्य प्रदेश निवासी हुन्।


प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा सोमवार राति एसटीएफ र एनजेपी पुलिसले फुलबारी इलाकामा छापामार अभियान चलाएर एउटा लरी जफत गऱ्यो। उक्त लरी छानबिन गर्दा लगभग 36 हजार बोतल कफ सिरप उद्धार गरेको छ। यसपछि 2 जनालाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार, पाकेको फर्सीको आडमा इन्दौरबाट त्रिपुरा कफ सिरपको तस्करी गरिरहेको थियो। पक्रा पर्ने आरोपीहरूलाई मंगलवार जलपाईगढी अदालतमा पेश गरियो। एनजेपी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş