सिलगढी : अन्य ध्रुपद वेलफेयर अर्गनाइजेसनको पहलमा विनर्स क्लब सिलगढीको सहयोगमा दुई दिवसीय योग व्यायम कार्यशाला एवम् सेमिनारको आयोजना गरियो। विनर्स क्लबमा आयोजना गरिएको उक्त कार्यशालामा सिलगढीका विभिन्न इलाकाका मानिसहरूले अंश ग्रहण गरेका थिए। कार्यशालामा प्रशिक्षकको रूपमा योगगुरू शोभन सिन्हा र सञ्जीव घोष लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
