सिलगढी,13 सितम्बर (निसं): आरजी करको घटना बीच सिलगढी नगर निगमले सिलगढीमा दुर्गा पूजा कार्निभललाई लिएर आज एउटा बैठक गऱ्यो। बैठक अवधि सिलगढीको विभिन्न क्लबका सदस्यहरूसित दुर्गा पूजालाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। आजको बैठकमा प्रमुख रूपले सिलगढीका मेयर गौतम देव लगायत पुलिस अनि प्रशासनका शिर्ष पदाधिकारीहरू उपस्थित थिए।