सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ।
जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती स्थानहरूमा नयाँ रुख रोपे जहाँ पहिले रुख ढलेका थिए। कार्यक्रमको सुरूवात हाश्मी चौकस्थित हनुमान मन्दिरबाट गरिएको थियो।
भाजपाको आरोप अनुसार नगर निगमको लापरवाही र नियमित संरक्षणको अभावको कारण एकपछि अर्को रुखहरू ढलिरहेका छन्। यसको साथै, विद्युत विभागद्वारा सडक खन्ने र केबल बिछ्याउने कामको क्रममा रुखका जरालाई क्षति पुगिरहेको छ, जसका कारण सामान्य वर्षा हुँदा पनि रुख ढल्ने गरेका छन्।
यी घटनाहरूले वातावरणमा गम्भीर असर पारिरहेको छ भन्दै भाजपाले जनचेतना जगाउने उद्देश्यले विरोध स्वरूप वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *