सिलगढीमा घरमा कोही नभएको फाइदा उठाएर 17 लाखको चोरी, पुलिस जुट्यो जाँचमा

सिलगढी (निसं): सिलगढीमा बदमाशहरूले घरमा कोही नभएको फाइदा उठाएर राति मात्र होइन तर दिनमा नै चोरीको घटनालाई अञ्जाम दिइरहेका छन्। यसैक्रममा, सिलगढीको प्रधाननगर थाना अन्तर्गत उत्पल नगर इलाकामा यस्तै चोरीको घटना प्रकाशमा आएको छ। जहाँ, चोरहरूले खाली घर देखेर लाखौं रुपियाँको चोरी गरेर चम्पट कसेका छन्।


प्राप्त जानकारी अनुसार बुधबार घरका मानिसहरू बाहिर गएका थिए। यस अवधि घरमा कोही पनि थिएनन्। यसको फाइदा उठाएर बदमाशहरूले उक्त घरको गेट भत्काएर दिउँसै चोरी गरे। चोरहरूले घरको तीन वटा आलमारीको ताला भत्काएर लगभग 15 लाख रुपियाँका गर-गहनाहरू अनि 2 लाख रूपियाँ नगद चोरी गरेर चम्पट कसेको बताइएको छ। परिवारका सदस्यहरू घर फर्किएपछि तिनीहरूले आफ्नो घरमा चोरी भएको थाहा पाए। यसपछि राति नै प्रधाननगर थानालाई घटनाबारे जानकारी दिए। अर्कोतिर, खबर पाएपछि पुलिस घटनास्थलमा आइपुगे। हाल पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ भने चाँडै चोरहरू पक्रा पर्ने दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet