सिलगढीमा गृहिणी हत्या मामिलामा लोग्ने पक्राउ

सिलगढी : सिलगढीमा गृहिणीको हत्या मामिलामा पुलिसले आरोपी लोग्नेलाई पक्राउ गरेको छ। स्मरण रहोस्, गत आइतबार माझाबाड़ी इलाकामा ललिता पोद्दार नाम गरेकी एउटी गृहिणीको हत्याको मामिला अघि आएको थियो। घटनापछि गृहिणीको लोग्ने रामप्रसाद पोद्दारले सुँइकुच्चा ठोकेका थिए भने आसिघर आउटपोस्ट पुलिसले गत बुधबार साँझ तिनलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। अर्कोतिर, गत बुधबार बिहान उक्त गृहिणीको पुरानो प्रेमीको पनि झुण्डिएको अवस्थामा शव उद्धार भएपछि पुलिसले गृहिणीको हत्याको कारण पत्तो लगाउने प्रयास गरिरहेको छ। आरोपी लोग्नेसित सोधखोज जारी रहेको साथै आवश्यक परेको खण्डमा आरोपी रामप्रसाद पोद्दारलाई अदालतमा पेश गरेर पुलिस हिरासतमा पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *