सिलगढी महकुमा परिषद चुनाउका तृणमूल प्रार्थी आइनुल हकको समर्थनमा गौतम देवले गरे कर्मी सभा

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउको तृणमूल प्रार्थी आइनुल हकको समर्थनमा सिलगढी नगरनिगमका मेयर गौतम देवले आज एउटा कर्मी सभाको आयोजना गरे। उक्त सभामा दार्जिलिङ जिल्ला युवा तृणमूल अध्यक्ष कुन्तल राय, प्रार्थी आइनुल हक, फाँसीदेवा पञ्चायत समितिका प्रार्थी मोहम्मद बसीर लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। फाँसीदेवाको चटहाटमा कार्यकर्ताहरूको साथमा एउटा र्‍याली निकाल्नको साथै गौतम देवले पार्टी कार्यकर्ताहरूलाई तृणमूल उम्मेद्वार आइनुल हकलाई सिलगढी महकुमा परिषद्को चुनाउमा विपुल मतले विजयी बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने बताए। तिनले भने, तृणमूल कङ्ग्रेस ममता ब्यानर्जीद्वारा स्थापित पार्टी हो। तिनको पवित्र ध्वज र तिनको तस्विरको साथमा चुनाउको मैदानमा ओर्लिने गौतम देवले अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *