सिलगढी महकुमा परिषद चुनाउ : नक्सलबारी बीडीओ कार्यालयमा 14 जना प्रार्थीले बुझाए नामाङ्कन पत्र

सिलगढी : सिलगढी महकुमा परिषदको चुनाउको मिति घोषणा गरेपछि नक्सलबारी बीडीओ कार्यालयमा 14 जना उम्मेद्वारहरूले आफ्नो नामाङ्कन पत्र जम्मा गरेका छन्। नामाङ्कन पत्र बुझाउने 14 जना उम्मेदवारहरूमध्ये 13 जना कङ्ग्रेस र एक भाजपाका प्रार्थी हुन्। तथापि, फाँसीदेवा र खोरीबारीमा कसैले पनि नामाङ्कन पत्र बुझाएका छैनन्। उल्लेखनीय छ, राज्य चुनाउ आयोगले 26 जुनमा सिलगढी महकुमा परिषदको चुनाउको घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *