सिलगढी महकुमा पुस्तक मेला 10 जनवरीदेखि सुरू

सिलगढी (निसं): आगामी 10 जनवरीदेखि सिलगढी महकुमा पुस्तक मेला सुरू हुने भएको छ। यसपल्ट 12औ सिलगढी महकुमा पुस्तक मेला शिव मन्दिरको आठारोखाई खेल मैदानमा आयोजित गरिने भएको छ। यो पुस्तक मेला 16 जनवरीसम्म चल्नेछ। आज बंगीय साहित्य परिषदमा पत्रकार सम्मेलन गरेर सिलगढी नगर निगमका मेयर गौतम देवले यसबारे जानकारी दिएका छन्। तिनले भने, आगामी 10 जनवरीको दिन शिव मन्दिर बीएड कलेज मैदानबाट एउटा रंगारंग शोभायात्रा निकालिइने छ अनि मतिगढा बीडीओ अफिस परिसरमा पुगेर समाप्त हुनेछ। यसको साथै मन्त्री सिद्दीकुल्लाह चौधरीको उपस्थितिमा मेलाको उद्घाटन गरिने छ। उक्त मेलामा 60 वटा स्टलमा नेपाली, अङ्ग्रेजी, हिन्दी, बङ्ग्ला, राजबंशी भाषाहरूको पुस्तक उपलब्ध रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *