सिलगढीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी (निसं): सिलगढी नगर निगमको 24 नम्बर वार्डमा एकजना युवकको अस्वाभाविक मृत्युको मामिला सामु आएको छ। उक्त घटनाले इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम राजू राय हो। तिनी असम निवासी थिए। युवक सिलगढीमा आफ्नो परिवारसित भाडाको घरमा बस्थे। शनिवार अपरान्ह घरका सदस्यहरूले कोठाभित्र रहेका युवकलाई बोलाए तर तिनले कुनै प्रतिउत्तर दिएनन्। यसपछि तिनका दाजुले दैलो भत्काएर कोठाभित्र पस्दा भाईलाई घाँटीमा डोरी लगाएर झुन्डिएको अवस्थामा देखे। यसपछि घटनाको जानकारी पुलिसलाई दिए। अर्कोतिर, खबर पाउन साथ सिलगढी थानाको पुलिस घटनास्थलमा पुगे अनि शवलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाइ दिए। शवलाई भोली आइतबार पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइने भएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet