सिलगढीमा जुवा खेलिरहेका 11 जना जुवाडे पक्राउ

सिलगढी (निसं): भक्तिनगर थाना पुलिसले सिलगढी नगर निगमको वार्ड नम्बर- 41 अन्तर्गत  शास्त्री नगरस्थित  एउटा घरमा अभियान चलेर 11 जनालाई जुवा खेलिरहेको समय पक्राउ गरेको छ।  पक्रा पर्नेहरूमा प्रकाश सिंहगणेश सिंह, कैलाश गुरुङरमेश शर्मा, अजय सुब्बा, अमर लिम्बू, जितेन्द्र सिंहहिमल महतो, मनोज गुप्ता, राहुल मिश्रा र टीका धमाल सामेल छन्।  यीमध्ये प्रकाश सिंह  घरका मालिक हुन्। अर्कोतिर, पुलिसले जुवाको अड्डाबाट 42 हजार भन्दा अधिक रुपियाँ पनि जफत गरेको बताइएको छ।


घटनाक्रम अनुसार,  भक्तिनगर थाना पुलिसले शास्त्री नगरस्थित एउटा घरमा असामाजिक गतिविधि चलिरहेको सूचना पाएपछि एसआई रन्टू हलदरले आफ्नो टीमसित उक्त घरमा छापामार अभियान चलाए। यस अवधि घरबाट पुलिस टीमले घरको मालिक सहित 11 जना जुवाडेहरूलाई रंगेहात पक्राउ गरेको छ। जुवा अड्डाबाट रूपियाँ सहित आपत्तिजनक सामग्रीहरू पनि जफत गरेको छ। भक्तिनगर थाना पुलिसले ती सबै विरुद्ध कानूनी मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गऱ्यो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş