सिलगढी, 25 अक्टोबरः आउँदो काली पूजा र छठ पूजालाई लिएर सिलगढी दीनबन्धु मञ्चको रामकिङ्कर हलमा शुक्रबार सिलगढीका नगर निगमले बैठक गऱ्यो। यस अवधि उपस्थित शहरका विभिन्न क्लबका प्रतिनिधिहरूसँग विविध विषयमा बैठक गऱ्यो। उक्त बैठकमा सिलगढीका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, चेम्बरका अध्यक्ष प्रतुल चक्रवर्ती, ट्राफिकका डीसीपी विश्वचाँद ठाकुर, दमकल र सिचाई विभागका अधिकारीहरू लगायत अन्य उपस्थित थिए। यस बैठकमा काली पूजा र छठ पूजामा के-के नियमावली छन् भन्ने कुरा क्लबका प्रतिनिधिहरूलाई जानकारी गराइयो।
बैठकपछि मेयर गौतम देवले भने, आज सबै नियमावली क्लबहरूलाई बताइयो। यस वर्ष शहरमा ठूलो-ठूलो प्रतिमा बनाइँदैछ। ती प्रतिमाहरू विसर्जनका समयमा दमकललाई जानु पर्ने हुँदा शहरमा कुनै ठूलो दुर्घटना भएमा दमकलका कर्मचारीहरूलाई समस्या पर्नेछ। त्यसैले त्यो कुरा ध्यानमा राख्दै ती पूजा कमिटीहरूलाई विसर्जनका लागि दमकल उपलब्ध गराइने छैन।