सिलगढीमा कामतापुर प्रोग्रेसिभ पार्टीले निकाल्यो रैली

सिलगढी (निसं): कामतापुर प्रोग्रेसिभ पार्टीले विविध मांगलाई लिएर सिलगढीमा एउटा रैली निकाल्यो। मंगलवार उक्त रैली  मल्लागढीबाट शुरू भएपछि विभिन्न पथहरूको परिक्रमा गर्दै कोर्ट मोडमा पुगेपछि समाप्त भयो। यस अवसरमा कामतापुर भाषामा पठन-पाठन गरिनु पर्ने, अधिक स्कूल खोलिनु पर्ने लगायत  राज्य सरकार अनि केन्द्र सरकारले कामतापुर भाषालाई आठौं अनुसूचित भाषाको रूपमा मान्यता दिनु पर्ने मांग गर्दै ज्ञापन बुझायो। यसको साथै नारायणी सेना रेजिमेन्ट बनाउनु पर्ने पनि मांग गरेको छ। रैलीमा कामतापुर प्रोग्रेसिभ पार्टी अध्यक्ष अमित राय लगायत अन्य शिर्ष नेतृत्व तथा समर्थकहरू  उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *