सिलगढीमा लगभग 11 करोड रुपियाँ मूल्यको हात्तीको 3 वटा दाँत सहित 2 जना पक्राउ

सिलगढी (निसं): डीआरआई सिलगढी युनिटको टीमले एनजेपी स्टेशनमा राजधानी ट्रेनबाट लगभग 11 करोड रुपियाँ मूल्यको हात्तीको 3 वटा दाँत सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सुलेमान खाँ र रतन ग्वाला सामेल छन्। तिनीहरू दुवै असमको नवगाउँ होजाई निवासी हुन्। सूत्रले दिएको जानकारी अनुसार डीआरआई सिलगढी युनिटको टीमले हिजो शनिबार डिब्रुगढ-न्यु दिल्ली राजधानी एक्सप्रेस ट्रेनबाट पशुको अंग  बनारस तस्करी हुने गोप्य सूचना पाएपछि डीआरआई टीमले एनजेपी स्टेशनमा उक्त ट्रेनको प्रतीक्ष गरे। यसपछि ट्रेन एनजेपी स्टेशनमा आइपुग्न साथ उक्त ट्रेनको कोच नम्बर बी 4-मा अभियान चलाएर दुईजना संदिग्धलाई पक्रेर छानबीन गर्दा हात्तीको 3 वटा दाँत उद्धार गरेको बताइएको छ। उद्धार गरेको हात्तीको दाँतको ओजन 7 किलो 320 ग्राम रहेको छ भने यसको अन्तरराष्ट्रिय बजार मूल्य 10 करोड 98 लाख रुपियाँ तोकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş