सिलगढी, 6 मई (निसं): सिलगढीलाई कोरिडोर बनाएर गाँजा तस्करी गर्ने योजनालाई सादा पोशाकमा प्रधान नगर थाना पुलिसले विफल पारिदिएको छ। पुलिसले गत राति अभियान चलाएर जंक्शन बस स्ट्यान्डबाट यात्रुको भेषमा रहेका चार जना गाँजा तस्करलाई पक्राउ गरेको छ। छानबिनको क्रममा ती चारैजनासँग लाखौं रुपियाँ बराबरको गाँजा उद्धार गरिएको छ। पक्रा परेका व्यक्तिहरूको नाम दीपचन्द बर्मन, अजीजुल रहमान, दुर्योधन नम दास र सञ्जय दास रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार हिजो कूचबिहारको शीतलकुचीबाट ती चार जना युवक बसमार्फत यात्रुको रूपमा सिलगढी जंक्शन बस स्ट्यान्डमा आएका थिए। त्यसपछि उनीहरू फरक–फरक स्थानमा गाँजा पुर्यासउने तयारीमा थिए। तर, गोप्य सूचनाको आधारमा प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा बस स्ट्यान्डमा अभियान चलाएर ती चारैजनालाई शंकाको आधारमा रोकेर छानबिन गरेको थियो। यसै क्रममा उनीहरूको बाट धेरै परिमाणमा प्याक गरिएको मोठ 40 किलो गाँजा उद्धार गरिएको छ। यसपछि उनीहरूलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गरिएको छ। हाल पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको जनाएको छ।