सिलगढीमा लाखौँ रुपियाँको हेरोइन सहित महिला पक्राउ 

सिलगढी (निसं): एसटीएफ टीमले एनजेपी स्टेशनमा विशेष अभियान चलाएर लाखौँ रुपियाँको हेरोइन सहित एउटी महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकी महिलाको नाम साधना हालदार (55) बताइएको छ। तिनी मुर्शिदाबाद निवासी हुन्। गोप्य सूचनाको आधारमा एसटीएफ टीमले हिजो साँझ एनजेपी रेलवे स्टेशनमा अभियान चलाउँदा सन्दिग्ध एउटी महिलासित सोधखोज गरेपछि छानबीन गर्दा तिनको ब्यागबाट हेरोइन उद्धार भएको बताइएको छ। उद्धार गरेको हेरोइनको ओजन 566 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 15 लाख रुपियाँ तोकेको छ। उक्त महिलाले ट्रेनमार्फत् असमबाट हेरोइन लिएर एनजेपी रेलवे स्टेशनमा आइपुगेपछि मुर्शिदाबाद जानको लागि अर्को ट्रेनको प्रतीक्षा गरिरहेकी थिइन्। एसटीएफले आरोपी महिलाविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि जीआरपीलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO