सिलगढीमा मलबाट 28 लाख रुपियाँ हिनामिना गरेको आरोपमा म्यानजेर पक्राउ

सिलगढी : गत 3 वर्षदेखि चतुर्‍याइँको साथमा मलबाट 28 लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रधान नगर थाना पुलिसले मल-का म्यानेजरलाई पक्राउ गरेको छ। उक्त घटना सिलगढीको चम्पासरीस्थित एउटा मलको हो। आरोपी म्यानेजर 27 वर्षीय रतन बसाक मूल रूपमा मैनागढी निवासी हुन् भने हाल कामको सिलसिलामा प्रधान नगर इलाकामा भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार आरोपी म्यानेजर चतुर्‍याइँको साथमा मल-मा आउने केही ग्राहकहरूलाई मलको अनलाइन स्क्यानर खराब रहेको बताउँदै आफ्नै एकाउन्टमा रुपियाँ ट्रान्सफर गराउँथे। अर्कोतिर, सन्देहको आधारमा मलमा जडान गरिएको सीसीटीभी फुटेजको जाँच गर्दा घटनाको सत्यता अघि आएको हो। यसपछि मल मालिकले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले म्यानेजरको ब्याङ्क एकाउन्टको खोज खबर लिँदा घटनाको सत्यता अघि आएको छ। जाँच अवधि पुलिसले रतन बसाकले गत 3 वर्षको अवधिमा 28 लाख रुपियाँ हिनामिना गरेको खुलासा भएपछि पुलिसले ठगीको आरोपमा म्यानेजर रतनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका म्यानेजर रतनलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतले 4 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *