सिलगढी : मिनिमम वेजेस एडभाइजरी बोर्डको चेयरम्यान पद सम्हालेपछि गौतम देवले आज सिलगढीमा पहिलो बैठक गरे। आज सिलगढीस्थित स्टेट गेस्ट हाउसमा श्रम मन्त्री मलय घटकको उपस्थितिमा विभिन्न केन्द्रीय श्रमिक युनियनका नेतृत्व एवम् श्रम अधिकारीहरूसित तिनले एउटा बैठक गरे। बैठकको प्रारम्भमा श्रम मन्त्री मलय घटक लगायत अन्यले नयाँ चेयरम्यान गौतम देवलाई स्वागत गरे। आजको बैठकमा विभिन्न मुद्दहरूमाथि चर्चा परिचर्चा गरियो। बैठकपछि चेयरम्यान गौतम देवले भने, यस बोर्डको मुख्य लक्ष्य श्रमिकहरू, मालिकहरू तथा सरकारबीच राम्रो सम्बन्ध बनाइ राख्नु हो। यसले गर्दा कामको गति अधिक बढ्ने तिनले आशा व्यक्त गरे। समय-समयमा बैठक गरेर सबैको सुविधा तथा असुविधाहरूबारे चर्चा गरिनेछ।
