सिलगढीमा मोबाइल सहित केही रुपियाँ छिनताई

सिलगढी: सिलगढी संलग्न बारीभाषा इलाकामा केही दुष्कृतिले मोबाइल सहित केही नगद रुपियाँ छिनताई गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति भानुदेव बर्मन र श्यामल कुमार राय पैदल हिडेर एनजेपी स्टेसनबाट आदर्शपल्ली ठिकनिकटा इलाकास्थित घर फर्किरहेका थिए। आरोप अनुसार बारीभाषा इलाकामा 4 जना बदमासले तिनीहरूको पछि गरे। यसपछि ती दुष्कृतिहरूले भानुदेव बर्मन र श्यामल कुमार रायलाई कुटपीट गरेर तिनीहरूको मोबाइल सहित नगद केही रुपियाँ खोसेर चम्पट कसेको बताइएको छ। यसपछि ती दुईजनाले आज घटनाबारे न्यु जलपाईगढी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO