सिलगढीमा नाबालिका दिदी-बहिनीसित दुष्कर्म, आरोपीहरू निखोज

सिलगढी: सिलगढीको बारीभाषा रामनगर कलोनी इलाकामा दुई जना नाबालिका दिदी-बहिनीलाई दुष्कर्म गरेको दुईजना युवक विरूद्ध अभियोग उठेको छ। दुष्कर्म गर्ने आरोपीहरूको नाम पवन अधिकारी र भोला शाह बताइएको छ तथापि तिनीहरू घटनापछि हालसम्म निखोज छन्। घटनाक्रम अनुसार गत मंगलवार साँझ यी दुईजना आरोपीले दुई दिदी-बहिनीलाई घरकै अघि सड़कबाट जबर्जस्ती उठाएर एउटा घरमा लगेर दुष्कर्म गरेको आरोप रहेको छ। यसबारे एनजेपी थानामा पीडित परिवारको पक्षबाट एउटा लिखित अभियोग दर्ता गरिएको छ। प्राप्त जानकरारी अनुसार आज सानो बहिनी अचानक बिमार भइन्। यसपछि पुलिसले दुवै दिदी-बहिनीलाई शारीरिक जाँचको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। घटनापछि आक्रोशित स्थानीय केही मानिसहरूले आरोपीहरूको घर तोडफोड गरिदिएको छ। अर्कोतिर, स्थानीय मानिसहरूले बताए अनुसार पवन अधिकारी र भोला शाह असामाजिक गतिविधिहरूमा पनि सामेल छन्। तिनीहरू दुवैलाई पक्राउ गरेर प्रशासनले कठोर सजाय दिनुपर्छ। पुलिस सूत्र अनुसार आरोपीहरू विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। यसको साथै पुलिसले आरोपीहरूको खोजी गर्न विभिन्न इलाकामा छानबीन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş