सिलगढीमा नगद 23 लाख रुपियाँ, 500 ग्राम ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी (निसं) : सिलगढी मेट्रोपोलिटन पुलिसले नदी किनारमा हुने मादक तस्करीको योजनालाई विफल गरिदिएको छ। गोप्य सूचनाको आधारमा गत राति स्पेशल अपरेशन ग्रुप, मतिगढा थाना र मेडिकल आउटपोस्ट पुलिसले मेडिकल आउटपोस्ट अन्तर्गत कलामजोत इलाकाको मनोजघाट नदी किनारमा संयुक्त अभियान चलाएर स्कुटीमा सवार 2 जना व्यक्तिलाई सन्देहको आधारमा हिरासतमा लिएर छानबीन गर्दा रुपियाँले भरिएको एउटा ब्याग उद्धार गरे। उक्त ब्यागमा 500, 200 र 100 रुपियाँको 23 लाखभन्दा अधिक रुपियाँ उद्धार गर्नको साथै दुवै व्यक्तिबाट 500 ग्राम ब्राउन सुगर पनि उद्धार गरेको बताइएको छ।  यसपछि पुलिसले ती दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा कृष्णा राय (40) नक्सलबारी निवासी र प्रदीप सिंघो (56) डाङ्गापाडा निवासी हुन्। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/