सिलगढी नकली लटरी मामिलामा प्रिन्टिङ प्रेसका मालिक 4 जना पक्राउ

सिलगढी: सिलगढीमा एउटा प्रिन्टिङ प्रेसमा नकली लटरी छापिरहेको थियो। सिलगढी थाना र खालपाडा आउटपोस्ट पुलिसले हिजो संयुक्त अभियान चलाएर केही कार्टुन नकली लटरी सहित 4 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सौरभ जयसवाल, गौराङ्ग मण्डल, प्रबल दास र मुकेश कुमार गुप्ता सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो पुलिसले सिलगढी नगरनिगमको 4 नम्बर वार्डको महाराजा कोलनी इलाकामा अभियान चलाएर नकली लटरी छपाउने कारखानाको पर्दाफास गरेको छ। उक्त प्रिन्टिङ प्रेसबाट 3 वटा कम्पनीको लटरी उद्धार गरेको छ। उद्धार गरेको लटरीको अनुमानित बजार मूल्य 80 लाख तोकेको छ। घटनामा पुलिसले प्रिन्टिङ प्रेसका मालिक सौरभ जयसवाल लगायत अन्य 3 जनालाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *