सिलगढीमा नानीहरूमाझ भएको झगडा पछि तनाउको स्थिति: 8 जना पक्राउ

सिलगढी, 13 दिसम्बर (निसं)। सिलगढीको डांगापुर संलग्न बन्दरजोत क्षेत्रमा बिहीबार साँझ नानीहरू बीच भएको सामान्य विवाद पछि दवै पक्षका मानिसहरू अघि आएपछि तनाउ उत्पन्न भयो। यसपछि प्रधान नगर थाना पुलिसले त्वरित कारवाही गर्दै स्थितिलाई नियन्त्रणमा ल्यायो। उक्त घटनामा पुलिसले आठ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद जम्मू खान, मोहम्मद सैफली, मोहम्मद नौशाद, निज़ाबुल खान, मोहम्मद मुबारक खान उर्फ गोपला, मोहम्मद सिराजुल खान, अरफाज खान र साहिद खान सामेल छन्। घटनापछि प्रधान नगर थानाको पुलिसले उक्त क्षेत्रको विशेष निगरानी राखिरहेको छ।
प्राप्त जानकारी अनुसार, गत साँझ बन्दरजोत क्षेत्रमा नानीहरू खेलिरहेका थिए। खेल्दा-खेल्दै दुई जना नानीहरू बीच झगडा सुरु भयो। नानीहरू बीचको झगडा परिवारसम्म पुग्दा त्यहाँ तनाउ फैलियो। विवादको कारण दुई पक्ष आमने-सामने भएपछि एक-अर्कामाथि ढुंगा फ्याँक्न थाले।
घटनाको सूचना पाएपछि प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुग्यो। यसपछि स्थिति नियन्त्रणमा ल्याउन रैफलाई पनि उतारियो। स्थिति सामान्य भएपछि दुवै पक्षका आठ जनालाई पक्राउ गरियो। आज ती आठ आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *