सिलगढीमा नारी शक्ति संगठनद्वारा रक्तदान साथै स्वास्थ्य जाँच शिविर

सिलगढी, 22 नोभेम्बर (निसं): नारी शक्ति संगठनको आयोजनामा र सिलगढी विधान मार्केट व्यवसायी समितिको सहकार्यमा सिलगढी विधान मार्केटको अटो स्ट्यान्डमा रक्तदान शिविरको आयोजना गरिएको छ। जानकारी अनुसार, आज पुतली देवी जी लोधाको स्मृतिमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। रक्तदान शिविरसँगै निःशुल्क स्वास्थ्य जाँच शिविर साथै खाना वितरण पनि गरिएको छ। नारी शक्ति संगठनका सदस्यहरूले भने, “हामी प्रत्येक वर्ष पुतली देवी जी लोधाको स्मृतिमा विभिन्न सामाजिक कार्य गर्दै आएका छौं र भविष्यमा पनि समाजिक सेवाका कार्यहरू गर्नेछौं।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *