सिलगढीमा नुहाउँदै गरेकी महिलाको भिडियो बनाउन खोज्ने व्यक्ति रंगेहात पक्राउ

सिलगढी, 8 मई (निसं): सिलगढीमा नुहाउँदै गरेकी एकजना महिलाको गोप्य रूपमा भिडियो बनाउन खोज्ने व्यक्तिलाई स्थानीयहरूले रंगेहात समातेका छन्। यो घटना सिलगढीको 40 नम्बर वार्ड अन्तर्गत सुभाषनगरको कम्युनिटी रोडमा भएको हो, जसले गर्दा त्यहाँ व्यापक सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार, एकजना महिला नुहाइरहेकी थिइन्। त्यही बेला एकजना व्यक्तिले चुपचाप उनको भिडियो खिच्ने प्रयास गरिरहेको थियो। महिलाले यो देखेपछि चिच्याउन थालिन्। उनी चिच्चाएको सुनेर वरपरका स्थानीयहरू तुरुन्तै घटनास्थलमा पुगे अनि आरोपीलाई समाते।
आरोपीको नाम नितीश बर्मन (38) रहेको बताइएको छ। उनी सोही क्षेत्रमा एउटा भाडाको घरमा बस्दै आइरहेका थिए। घटना सार्वजनिक भएपछि धेरैजसो स्थानीय महिलाहरू पनि त्यहाँ भेला भएर सामूहिक रूपमा आरोपीलाइ कुटपिट गरे। केही महिलाहरूले उनलाई उठबस गर्न पनि लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *