सिलगढी : सिलगढी महिला थाना पुलिसले अनलाइन सेक्स र्याकेट गुटका सप्लायर एउटी महिलालाई हैदरपाड़ाबाट पक्राउ गरेको छ। पक्रा परेकी महिला ललिता बर्मन उर्फ चन्दनाको रूपमा चिन्हित गरिएको छ। उल्लेखनीय छ, अखिलेश कुमार नाम गरेका एकजना व्यक्ति बिहारमा बसेर सिलगढीमा चन्दा साह उर्फ जयाको सहयोगमा अनलाइन सेक्स र्याकेटको धन्धा चलाइरहेका थिए। गत 22 दिसम्बरमा सिलगढी मेट्रोपोलिटन पुलिसको महिला थानाले यसको खुलासा गरेको थियो। त्यस समय महिला थानाको टीमले अनलाइन सेक्स र्याकेट चलाएको आरोपमा चन्दा साह उर्फ जया लगायत मिजानुर इस्लाम उर्फ बाउ (27) र सम्राट सरकार उर्फ विक्रम (24)-लाई पक्राउ गरेको थियो। यसपछि मामिलाको जाँच अवधि पुलिसले दुई महीनापछि बिहारको बेगुसरायबाट अनलाइन सेक्स र्याकेट गुटका मास्टरमाइन्ड अखिलेश कुमारलाई पनि पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस रिमान्डमा लिएको थियो।