सिलगढीमा पहिलोपल्ट आईपीएल झैँ टी-20 क्रिकेट टुर्नामेन्टको आयोजना गरिने 

सिलगढी : सिलगढीमा पहिलोपल्ट आईपीएल झैँ टी-20 क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ। सिलगढी स्वास्तिक युवा संघको प्रबन्धन एवम् सिलगढी महकुमा क्रीडा परिषदको सहयोगमा कञ्चनजङ्घा स्टेडियममा उक्त टुर्नामेन्टको आयोजना गरिने भएको छ। उक्त टुर्नामेन्ट आगामी 1 मईदेखि शुरू भएर आगामी 7 मईसम्म चल्नेछ। उक्त टुर्नामेन्टमा असम, झारखण्ड, रेलवेको टीम लगायत मोठ 8 वटा टीमले अंश ग्रहण गर्नेछ। जसमा अग्रगामी सुपर जायन्ट्स, बाघाजतीन नाइट राइडर्स, स्वास्तिका सुपर किङ्ग्स, मुखर्जी च्यालेन्जर्स, बीएसके रोयल्स, एनएफ रेलवे टाइटन्स मालीगाउँ, झारखण्ड क्यापिटल्स, नक्सलबारी सनराइजर्स सामेल छ। उक्त टुर्नामेन्टको सबै म्याच ठुलो पर्दामा, म्यूजिक सिस्टम, चियरलीडर्स, रङ्ग-बिरङ्गी जर्सी र फ्लड लाइट्समा खेलाइनेछ। टुर्नामेन्टको फाइनल खेलमा स्टार खेलडीको उपस्थिति हुन सक्ने सम्भावना रहेको छ। स्मरण रहोस्, सिलगढी कञ्चनजङ्घा स्टेडियमको मैदानलाई लिएर भएको विवादपछि अन्ततः स्टेडियमको मैदानमा क्रिकेट टुर्नामेन्टको आयोजना गरिने भएको छ। मैदानको तयारी शुरू भइसकेको छ। स्वास्तिक युवा संघका सचिव बप्पा पालले बताएअनुसार सिलगढीमा ठुलो क्रिकेट टुर्नामेन्टको आयोजना गर्न बन्द भइसकेको छ। यसपल्ट उक्त टुर्नामेन्टको आयोजना गरेकोले गर्दा खेलाडीहरूले खेल्ने अवसर पाउनेछन्। उक्त टुर्नामेन्टमा सामेल भएर खेलाडीहरूको उत्साह बढाउने तिनले सहरवासीहरूलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO