सिलगढीमा पार्किङ शुल्कमा अनियमितता, नगरनिगमले डिजिटल पेमेन्ट सिस्टम शुरू गर्ने

सिलगढी: सिलगढीमा पार्किङ शुल्कलाई लिएर धेरै ठाउँमा अनियमितता भएको अभियोग उठेको छ। कतै अतिरिक्त रुपियाँ लिएको छ भने त कतै पार्किङ शुल्क तिरेर पर्ची समेत दिएको छैन। यी अनियमिततालाई रोक्ने उद्देश्य लिएर सिलगढी नगरनिगमको तर्फबाट डिजिटल पेमेन्ट सिस्टम शुरू गर्ने भएको छ। पीओएस मसिनको माध्यमद्वारा पार्किङको रुपियाँ लिनको साथै पर्ची समेत दिइनेछ। सिलगढी नगरनिगममा डेपुटी मेयर रञ्जन सरकार र पार्किङ विभागका मेयर परिषद राजेश प्रसाद शाहले आज एजेन्सीहरूसित एउटा बैठक गरे। अहिलेसम्म पार्किङ जोनको लागि टेन्डर पाएका एजेन्सीहरूले नै स्लिप छापेर रुपियाँ उठाउने गर्दछ। समय समयमा पार्किङ शुल्क अधिक लिएको आरोप उठिरहेको छ। यसैले अबदेखि नगरनिगमको तर्फबाट पर्ची छापेर एजेन्सीहरूलाई प्रदान गरिनेछ। बाइक-स्कुटीको लागि 5 रुपियाँ, वाहनको लागि 10 रुपियाँ रहेको दुई रङ्गको पर्ची रहनेछ। यसको साथै पर्चीमा वाहन राखेको समय पनि लेख्नु पर्नेछ। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकारले भने, पार्किङलाई लिएर धेरै अभियोगहरू पाएका छौँ। यसैले आज एजेन्सीहरूसित एउटा बैठक गरेर केही निर्देशहरू दिएको छ। चाँडै नै पीओएस मसिनको माध्यमद्वारा पार्किङको रुपियाँ लिने प्रक्रिया शुरू गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş