सिलगढीमा पिस्तोलसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेकाहरू अमिताभ सिंह र फिरोज खान सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा फुलबारी इलाकामा अभियान चलाएर आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आरोपी व्यक्तिहरूविरुद्ध चोरी, छिनताई लगायत विविध मामिलाहरू रहेका साथै धेरै दिन अघिदेखि तिनीहरूको खोजी भइरहेको थियो।


पुलिसले आरोपी व्यक्तिहरूबाट एउटा देशी पिस्तोल, दुईवटा जिउँदो कार्तुस उद्धार गरेको छ। पक्रा परेका व्यक्तिहरूले अपराधमूलक कार्यको लागि बिहारबाट उक्त आग्नेयास्त्र ल्याएको हुनसक्ने पुलिस प्राथमिक अनुमान लगाएको छ। विधानसभा चुनाउ अगावै देशी आग्नेयास्त्र उद्धार गरेकोले प्रशासन चिन्तिन बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *