सिलगढीमा पिस्तोलसहित एकजना युवक पक्राउ

सिलगढी: मेट्रोपोलिटनको सिलगढी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिसले महानन्दा नदी किनारमा रहेको सूर्यसेन पार्क नजिकबाट एउटा पिस्तोल सहित आनन्द दास (20) लाई पक्राउ गरेको छ। तिनी 44 नम्बर वार्ड अन्तर्गत दशरथ पल्लीको लक्ष्मी कलोनी निवासी रहेको बताइएको छ। पुलिस सूत्र अनुसार गत राति महानन्दा नदीको किनारमा सन्देशजनक स्थितिमा घुमिरहेको देखेपछि पुलिसले युवकलाई हिरासतमा लिएर सोधखोज गर्दा तिनको गोजीबाट वन शटर पिस्तोल अनि एउटा जिउँदो कार्तूस उद्धार गरेको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पानीट्याङ्की आउटपोस्ट पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *