सिलगढी : सिलगढी थाना पुलिसले यहाँको निवेदिता मार्केटमा अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धित पटेका जफत गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको निवेदिता मार्केटमा खुल्ला रूपमा प्रतिबन्धित पटेका बिक्री भइरहेको थियो। सिलगढी थाना पुलिसले गत राति अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धि पटेका जफत गरेको छ। हिजो साँझदेखि नै निवेदिता मार्केटको केही दोकानहरूमा प्रतिबन्धित पटेका बिक्री गरिरहेको थियो भने बिक्री गरिएको पटेकाहरू ग्रीन पटेका नरहेको बताइएको छ। यसैले गत राति 10 बजी सिलगढी थाना पुलिसले यहाँको केही दोकानहरूमा अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धित पटेका जफत गरेको छ। गत रातिसम्म सिलगढी पुलिस कमिश्नरेटको विभिन्न थानाले अभियान चलाएर लगभग 5 हजार केजी प्रतिबन्धित पटेका जफत गरेको बताइएको छ।
